Logo

खोप लगाउनु भएको छैन? ओमिक्रोनको जोखिम बढ्न सक्छ



काठमाडौं, पुस २२ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्।

हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।

यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने चिकित्सकहरुले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्