Logo

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी



काठमाडौं, पुस २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। कांग्रेसको १४ औं महाधिवेशनबाट सदस्य बनेका चौधरीविरूद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

चौधरीविरूद्ध बुधबार केन्द्रिय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । चौधरीविरूद्धको उजुरीमा यादवले विधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग गरेका छन् । यादवले उक्त क्षेबाट केन्द्रीय सद्श्यमा आफ्नो नाम हुनुपर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्