Logo

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढे पनि विदेशीका लागि इजरायल पुनः खुल्ने



एजेन्सी, २२ पुस । इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः सञ्चालन गर्ने भएको हो।

इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटको सरकारले देशको पर्यटन व्यवसाय र देशको अर्थतन्त्र खस्केको भन्दै ओमिक्रोन संक्रमण फैलिएपनि विदेशीलाई प्रवेश अनुमति दिने निर्णय गरेको हो। सरकारको सो निर्णयसँगै ओमिक्रोनको मध्यमखाले जोखिम भएका मुलुकहरुले इजरायल प्रवेश गर्न पाउने अरब न्युजमा समाचार छ।

ओमिक्रोन तीव्ररुपमा फैलिएको भन्दै इजरायल सरकारले नोभेम्बर अन्तिममा सबैखाले विदेशी नागरिकहरुका लागि इजरायल प्रवेशमा रोक लगाएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्