Logo

महिलालाई भारतको कोठीमा विक्रि गर्ने अनिशा तामाङ पक्राउ



काठमाडौं, २२ पुस । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पु¥याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरेको जनाएको छ ।

पोखराको होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पु¥याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी तामाङ उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्