काठमाडौं, २२ पुष । गैरआवासीय नेपाली संघ (एनआरएनए) का एशिया प्यासिफिकका उप-संयोजक पारसमणि पोखरेलले संघको निर्वाचन सहमतिमै हुने टिप्पणी गरेका छन् । पोखरेलको संघको स्थापना कालदेखि नै सक्रिय छन् ।
संघमा सिर्जनात्मक कामका लागि अब्बल मानिने पोखरेल यसपटक एसियाको नेतृत्वमा आउने लगभग पक्का रहेको अभियन्ताहरुको भनाई छ । उनी नेतृत्व तहमा रहेका अभियन्ताहरुले पनि रुचाएका व्यक्तिको रुपमा परिचित छन् ।
पोखरेलले विशेषगरि श्रमिक र दोश्रो पुस्ताका लागि महत्वपूर्ण योगदान पुराएका छन् । कोरोना कहरमा पीडामा रहेका गैरआवासीय नेपालीहरुको लागि उनले उद्धार तथा राहतको लागि महत्वपूर्ण भूमिका खेलेको थिए ।