Logo

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी



काठमाडौं, २३ पुस । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । सत्तारुढ दलले सरकार सञ्चालन सहजीकरणका लागि गठन गररेको समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकार सञ्चालनमा परेका समस्या र राष्ट्रियसभा निर्वाचनबारे छलफल भइरहेको जनाएइको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्