Logo

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु



एजेन्सी, २३ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु भएको छ। योसहित भारतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या २ पुगेको हो। ओ‌डिशाको बोलाङ्गिरमा ५५ वर्षीया एक महिलाको ओमिक्रोनबाट मृत्यु भएको हो। महिलाको यही डिसेम्बर २७ मा उपचारका क्रममा मृत्यु भएको थियो। ती महिलामा अघिल्लो महिनामा हृदयघात भएको जनाइएको छ।

२० डिसेम्बरमा उनलाई बोलाङ्गिरस्थित भीमाभोइ मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिएपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा महिलामा कोभिड पोजिटिभ देखिएको थियो । त्यसपछि ओमिक्रोन परीक्षण गर्न जीन सिक्वेन्सिङका लागि नमूना पठाएको थियो । त्यसपछि महिलामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो। ‌ओमिक्रोन पुष्टि भएको ४ दिनपछि उनको मृत्यु भएको होर

यसभन्दा पहिला ओमिक्रोनबाट राजस्थानको उदयपुरमा एक ७३ वर्षका व्यक्तिको मृत्यु भएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्