Logo

श्रीलंकालाई आर्थिक रुपमा बर्बाद बनाउने त्यो गल्ती



एजेन्सी, २३ पौष । श्रीलंका आफ्नो प्राकृतिक सौन्दर्यका लागि विश्वभर चिनिएको देश हो। तर आज श्रीलंका अकल्पनीय खालको खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । मुद्रास्फीतिले जनता दबिएका छन् । साना साना आवश्यकताहरू पूरा गर्न मानिसहरूले कडा मेहनत गर्नुपर्छ। सरकारले लिएको ऋण पनि फिर्ता नहुने अवस्था बनेको छ ।

आखिर के भयो, एक सुखी देश एक वर्षभित्रै बर्बादीको दिशामा कसरी पुग्यो ? एक वर्षअघि श्रीलंकाको विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरभन्दा बढी थियो तर यो घटेर १ अर्ब डलरमा झरेको छ । डलरको भाउ दुई सयभन्दा बढी श्रीलंकाली रुपैयाँमा पुगेको छ । एक त सामानको भाउले आकाश छोएको छ र दोस्रो, सामान किन्न पसलबाहिर पनि लामो लाइन लाग्ने गरेको छ ।

खासमा श्रीलंकामा कोरोनाका कारण आर्थिक अवस्था पहिलेदेखि नै कमजोर थियो र त्यसमाथि चीनबाट लिएको ऋणले श्रीलंकाको अवस्था झन खराब बनायो।

एक रिपोर्टका अनुसार चीनले श्रीलंकालाई ४।६ अर्ब डलर ऋण दिएको छ । श्रीलंकामा चीनको मात्रै १८ प्रतिशत ऋण रहेको दाबी पनि गरिएको छ । विश्व बैंकको एक प्रतिवेदनमा सन् २०१९ मा श्रीलंकामाथिको ऋण समग्र राष्ट्रिय आयको ६९ प्रतिशत पुगेको उल्लेख छ । यो सोचनीय छ कि २०१० मा यो केवल ३९ प्रतिशत थियो।

श्रीलंकाको दुर्दशाको पछाडि त्यहाँको सरकारले जारी गरेको एक आदेशको पनि ठूलो भूमिका छ । श्रीलंका सरकारले अर्गानिक खेती गरेर अर्गानिक बाली लगाउने घोषणा गर्यो । यो घोषणापछि श्रीलंकामा विषादी र मलमा प्रतिबन्ध लगाइयो। त्यसमाथि चीनले गुणस्तरहीन जैविक मल पठायो।फलफूल र बाली किराले खायो र मलको अभावले उत्पादनमा ह्रास आयो । त्यसको माथि श्रीलंकाले पनि विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।

एकातर्फ श्रीलंकाले आफ्नो आवश्यकता अनुसार पनि बाली उत्पादन गर्न सकेन र अर्को तर्फ विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाइएको थियो। जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मुद्रास्फीति आकाशमा पुगेको छ ।

त्यहाँको सरकारले अहिले भारतसँग पनि सहयोग मागेको छ र भारतले पनि सहयोग गरिरहेको छ । खराब आर्थिक अवस्थाबाट बाहिर निस्कन र जनतालाई सहयोग गर्न सरकारले एक अर्ब डलरको राहत प्याकेज पनि घोषणा गरेको छ ।

श्रीलंकाको भौगोलिक अवस्थितिले हिन्द महासागरमा यसलाई रणनीतिक महत्व दिन्छ र यसै कारणले चीनले चासो बढाएको छ । पहिले श्रीलंका चीनको ऋणको परेको थियो । व्यापारिक रणनीतिमा चतुर चिनियाँहरुले स्रोतमाथि प्रभाव बनाउन खोजेको विश्लेषण भइरहेको छ । यसलाई बुझेर श्रीलंका पछिल्लो समय चीनबाट टाढिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्