Logo

काजकिस्तान हिंसात्मक प्रदर्शन, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन



एजेन्सी, २३ पुस। काजकिस्तानका अधिनायकवादी नेताले चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन दिएका छन्। इन्धनको मूल्यवूद्धिको विरोधमा जारी हिंसात्मक प्रदर्शनीको छैटौं दिन त्यहाँका नेताले सेनालाई उक्त निर्देशन दिएका हुन्।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेको खण्डमा सेनालाई गोली चलाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यहाँका अधिनायकवादी नेताको उक्त निर्देशनपछि शुक्रबार सबैभन्दा बढी प्रदर्शनकारी रहेको काजकिस्तानको ठूलो शहर अल्माटीमा अशान्ति छाएको बताइएको छ।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायिभले अल्माटी सहरमा करिब २० हजारभन्दा बढी प्रदर्शनकारीले आक्रमण गरेको बताएका छन्। राष्ट्रपतिले प्रर्दशनकारीहरुलाई आतंकवादीको संज्ञा दिएका छन्। उनले प्रर्दशनमा उत्रिएकाहरुलाई विदेशी आतंककारीहरुद्वारा प्रशिक्षित प्रर्दशनकारीहरुले नेतृत्व लिएको आरोपसमेत लगाएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्