Logo

प्रचण्डहरु खाओवादी भए : किराँती (भिडिओसहित)



काठमाडौं, २४ पुष । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले आफूहरु एकता र रुपान्तरणको प्रक्रियामा रहेको सुनाउँदै समाप्त नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु माओवादीहरुको विचारको मूल प्रवाह भएको सुनाए ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रतिवेदन खाओवादी खालको रहेको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनयुद्धदेखि संविधान जारी गर्दासम्म प्रचण्डको भूमिका निर्णायक रहेपनि अब भविष्यमा भने प्रचण्डको भूमिका नहुने टिप्पणी गरे । उनले प्रचण्डको प्रतिवेदन काल्पनिक समाजवादको कुरा गरिएको सुनाए । उनले प्रचण्डको प्रतिवेदनले झारफुकसम्म गर्ने तर शल्यक्रिया नगर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्