काठमाडौं, २४ पौष । नेकपा एमालेले १४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार १४ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै चासो लिएका छन् । ओलीले केन्द्रमा पनि सर्वसम्मत नेतृत्व र केन्द्रीय सदस्य चयनको प्रयास गरेका थिए । तर, सफल भएनन् । ओलीको चाहना अनुसार नै पदाधिकारी र केन्द्रीय सदस्य चयन भएका थिए ।
सर्वसम्मत चयन भएका नेतृत्व
१. झापा, दीपक काकी
२. मोरङ, ऋषिकेश पोखरेल
३. खोटाङ, रामप्रसाद दंगाल
४. धादिङ, भूमि त्रिपाठी
५. काभ्रे, अशोक ब्यान्जु
६. भक्तपुर, बचन देउजा
७. पाल्पा, धनेन्द्रराज घिमिरे
८. गुल्मी, बालकृष्ण काउछा मगर
९. अर्घाखाँची, पिताम्बर भुसाल
१०. बाँके, किस्मत कुमार कक्षपती
११. बर्दिया, लालबहादुर श्रेष्ठ
१२. दाङ, हुकुमबहादुर बस्नेत
१३. डोल्पा, शेरबहादुर बुढा
१४. सल्यान, गोविन्द पुन मगर
गैर भौगोलिक क्षेत्र
१. मजदूर विशेष, जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष जिल्ला कमिटी, उमेश ढकाल