Logo

विद्यार्थीको आन्दोलनविरुद्ध नोबेलमा व्यवसायीको प्रदर्शन, सम्बन्धित निकायमा आन्दोलन गर्न आग्रह



विराटनगर, २५ पुस । विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुकोे आन्दोलनविरुद्ध व्यवसायीहरु पनि प्रदर्शन उत्रेका छन् ।
केही दिनदेखि एमबिबिएस अध्ययनरत विद्यार्थीसँग कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै प्रशासनमा तालाबन्दी गरेर विद्यार्थीहरु आन्दोलनमा उत्रिदै आएका हुन् ।

विद्यार्थीको आन्दोलनविरुद्ध आज (आइतबार) बिहान व्यवसायीहरूले ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटल भित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले कलेजमा तालाबन्दी गर्दा व्यवसायीलाई मर्का परको भन्दै उपयुक्त स्थान सिडिओ कार्यालय, मन्त्रालयमा गएर आन्दोलन गर्न समेत आग्रह गरेका छन् । तर विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्