Logo

प्रधानमन्त्री कार्यालय प्रवक्तामा पन्थ



काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारी सहसचिव महादेव पन्थलाई दिइएको छ । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव कृष्णबहादुर राउत सचिवमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी पन्थलाई दिइएको हो । राउत करिव ६ महिना अघि कार्यालयको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रवक्ताको जिम्मेवारी पाएका सहसचिव पन्थ प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख हुन् ।



प्रतिक्रिया दिनुहोस्