रसुवा, २५ पुस: नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा (एमाले)को सदरमुकाम धुञ्चेमा सम्पन्न आठांै जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए ।-रासस/File Photo