Logo

भक्तपुरमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाइँदै



भक्तपुर, २६ पुस । भक्तपुरमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भएको छ। जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय भक्तपुरको अनुसार आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, आजदेखि मध्यपुरथिमि नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन हुने छ ।

विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो। कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको हो ।

विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस्