Logo

एफए कपः एस्टन भिल्लालाई हराउदै युनाईटेड चौथों चरणमा प्रवेश



काठमाडौं, २७ पुस । एफए कप फुटबलमा एस्टन भिल्लामाथि जित निकाल्दै न्यानचेस्टर युनाईटेड चौंथो चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा प्रवेश गरेको हो ।

युनाईटेडको घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । जुन गोल जितका लागि प्रयाप्त रह्यो ।

त्यसपछि दुबै टोली गोलगर्न प्रयासरत रहेपनि सफल हुन सकेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्