
काठमाडौं, २७ पुष । नारायणहिटी दरबार संग्रहालय सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् ।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का पाएपछि दाहाल विवादमा तानिएका थिए ।
ठेक्का प्रकरणको छानबिन गर्न मन्त्रालयले बनाएको समितिले पनि हिजोमात्रै दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो ।