Logo

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत



काठमाडौँ, २७ पुस: नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारीदिए । उनले भने, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिएका थिए , उनको राजीनामा स्वीकृत भएको छ ।”

यो पनि:

‘नारायणहिटी जग्गा प्रकरणमा भेषनारायण दाहालले किन दिए राजीनामा ?’

 

‘भेषनारायण दाहालले दिए राजीनामा’



प्रतिक्रिया दिनुहोस्