Logo

‘पार्टीभित्र आफ्नो स्वार्थ पूरा नभए पछि प्रकाशमान सिंहलाई अपराध नै गरे जसरी प्रचार गरियो’



काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रम सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका हुन् ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासो गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनको भनाइ थियो।

‘दुईटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्र्ट राउन्डको म्यान्डेडले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेड त मान्नुपर्यो नि।’ उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो मान्डेड मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने।
उनले आफू गणेशमान पुत्र भएकै कारणमात्रै राजनीतिमा नआएको पनि प्रष्ट्ए। तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहको जिकिर थियो।

आफुले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ‘पार्टी भित्र आफ्नो स्वार्थ पूरा नभए पछि एक थरिले नियोजित रुपमा आफुमाथि अनावश्यक प्रहार गरेको चरित्र हत्याको प्रयास भैरहेको समेत बताएका छन् । सामाजिक संजाल र सचार माध्यम मार्फत बारबार अनावश्यक टिकाटिपणि गरिएको गुनासो पोखे । उनिहरुले चाहे जस्तो नगरी उनिहरुको ईच्छा बिपरित उभिदा प्रकाशमान सिहलाई अपराध नै गरे जसी प्रचार गरेको भन्दै कडा टिप्पणी गरेका छन् । नेता सिंहले कस्ता–कस्ता शक्तिहरु सामु नझुकेको आफ्नो बिगत याद गर्न समेत आग्रह गरेका छन् ।

‘थाहा हुनुपर्यो, संगठन गर्दा सजिलो छ ? नेताको छोरा भनेर पैसा कमाउनसम्म कमाएर म फलानो भनेर उभिन आएको छौं हामीहरु?,’ उनले प्रश्न गरे, ‘हामी ग्रासरुटदेखि नै जेल गएर आएको हो। पार्टीमा त्यसै लागेको हो? अर्काका मिहिनेतमा टुप्पक नेता बन्न आएका हौं र हामीहरु ?’
नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरे।

 



प्रतिक्रिया दिनुहोस्