Logo

स्वीडेनकी प्रधानमन्त्री अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि



एजेन्सी, १ माघ। स्वीडेनकी प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि भएको छ। पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका हुन् । उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित हुनुभएको पुष्टि भएको छ।’

संक्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा रहेको र उनले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ। सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्