Logo

सुँगुरको मुटु प्रयारोपण गरेका डेभिडको आपराधिक विगत भएको खुलासा



एजेन्सी, २ माघ । विश्वमा पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेट गम्भीर अपराधका दोषी भएको खुलेको छ । ५७ वर्षीय बेनेटले सन् १९८८ मा एडवार्ड सुमेकरलाई धारिलो हतियार प्रहार गरेको खुलेको हो ।

सुमेकरको परिवारले बेनेटको अपराधले प्यारालाइसिस भई सन् २००७ मा लामो उपचारपछि मृत्युवरण गर्न पुगेको बताएको छ । सुमेकरकी बहिनी डोनी सुमेकरले डेभिड मुटु प्रत्यारोपणको लायक नभएको प्रतिक्रिया दिएकी छिन् ।

तर, बेनेटलाई मुटु प्रत्यारोपण गर्ने टिमले कुनैपनि व्यक्तिको आपराधिक रेकर्डलाई हेरेर उपचार नगर्ने भन्ने नहुने प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्