Logo

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटः अमेरिका र जापानमा सुनामीको खतरा



काठमाडौं, माघ २ । प्रशान्त महासागरभित्र ज्वालामुखी विष्फोट हुँदा अमेरिका र जापानको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा सुनामीको खतरा बढेको छ । सरकारले तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।

प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

पश्चिम तटीय क्षेत्र बढी प्रभावित हुन सक्ने भन्दै सो क्षेत्रलाई खाली गरिंदैछ । केही क्षेत्रमा सुनामीको असर देखिन थालिसकेको छ । कयौं फिट अग्लो बाढी आउन सक्ने बताइएको छ । जापानले ती मिटरभन्दा अग्ला छालहरु आउन सक्ने बताएका छ । जापानमा १ दशमलव २ मिटर अग्ला छाल आउन सुरु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्