काठमाडौं, २ माघ । नेपाल पत्रकार महासंघले मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ ।
समितिमा महासंघका पुर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेका छन् ।