काठमाडौँ, २ माघ: प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । कोरोना महामारीको कारण बैठक सारिएको संघिय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका महासचिव भरतराज गौतमले एक सुचना जारी गर्दै कोरोना महामारीका कारण बैठक सार्नुपरेको बताएका छन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ३ गते अर्थात भोलिका लागि बैठक आह्वान गरेका थिए ।
अब माघ १६ गते आइतबार दिउँसो १ बजे बस्ने सुचनामा जनाइएको छ । उता राष्ट्रियसभाको बैठक यसअघि नै अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।