काठमाडौं, ३ । अब कोरोना भाइरसको लक्षण देखिएको अब पाँच दिनमात्रै क्वारेन्टिनमा बस्न सकिने भएको छ । सरकारले जारी गरेको आदेशमा पाँच दिन क्वारेन्टिनमा बसे हुने व्यवस्था गरेको हो ।
जारी आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने र पाँच दिनपछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रै काममा आउने उल्लेख गरिएको छ ।