Logo

धुर्मुस र सुन्तली चितवनतर्फ लागे, अडिट रिपोर्टसहित महानगरलाई रंगशाला निर्माणको खर्च बुझाउने



काठमाडौं, ३ माघ । चितवनमा गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेका धुर्मुस सुन्तली फाउण्डेशनका प्रमुख सिताराम कट्टेल र उनकी पत्नी कुञ्जना घिमिरे चितवनतर्फ लागेका छन् ।

हिजोमात्रै उनीहरुविरुद्ध रंगशाला निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । त्यसको भोलिपल्ट आज धुर्मुस र सुन्तली चितवनतर्फ लागेका छन् । उनीहरुले अहिलेसम्म गरेको कामको विवरण र परियोजना निर्माणमा भएको खर्चसहित प्रतिवेदन बुझाउने भएका हुन् ।

उनीहरुले कामको प्रगति विवरण र खर्च विवरण भोलि आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । र, भोलिमात्रै भरतपुर महानगरपालिकालाई आवश्यक सबै प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

उक्त परियोजना अब महानगरले बनाउने घोषणा गरिएको छ । निर्माणाधीन रंगशालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएकोले भ्रष्टाचार गरेको भन्दै उजुरी परेको र उक्त उजुरी हिजै अख्तियारमा दर्ता भइसकेको छ ।

तस्विर स्रोत : द राईजिङ नेपाल

 



प्रतिक्रिया दिनुहोस्