काठमाडौं, ३ माघ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोभिड प्रोटोकल उल्लंख गरेकी छिन् । उनले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रोटोकल उल्लंख गरेकी छिन् ।
मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा एक सय भन्दा बढि मानिस सहभागी भएको पाईएको छ ।
जबकी सरकारले कुनै पनि सभा तथा सम्मेलनमा २५ जनाभन्दा बढि भृदा हुन नपाउने व्यवस्था गरिएको छ । मन्त्री झाँक्रीले भने आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा निकै तामझाम गरेकी छिन् ।
गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।
उनले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा विभिन्न महत्वपूर्ण कामहरु भएको भनेर विवरण सार्वजनिक भएको छ। तर, कतिपयले भने उनले बोल्ने काममात्रै गरेको र व्यवहारमा भने त्यस्तो नदेखिएको सुनाएका छन् ।
तस्बिर : रत्न श्रेष्ठ/रासस