एजेन्सी, ४ माघ। भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त भएका छन् भने कुल सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ पुगेको छ।
संक्रमणका कारण थप ३१९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म भारतमा ८ हजार ८९१ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।-Photo: Agency