Logo

ठगी कसूरका फरार प्रतिवादी पक्राउ



काठमाडौं, ४ माघ। ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्