काठमाडौं, ४ माघ । राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना जाँच निशुल्क गर्न माग गरेको छ। संविधान अनुसार स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने भन्दै मञ्चले कोरोनाको टेस्ट गर्दा निशुल्क गर्न सरकारसँग माग गरेको हो ।
आधारभुत स्वास्थ्य सेवालाई निशुल्क पाउनुपर्ने उपभोक्ताको अधिकारलाई सर्वोच्च अदालतले समेत स्वीकार गर्दै कोेरोना जाँच गर्दा निशुल्क गर्न सरकारलाई आदेश दिएको बताउँदै मञ्चले रकम लिएर जाँच गर्नेलाई गैहकानुनी भएको समेत जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई यस विषयलाई गम्भिरताका साथ लिन, कोरोनाको पिसीआर तथा एन्टिजेन टेष्ट पुर्णतः निशुल्क गर्न गराउन तत्काल आदेश जारी गर्न अनुरोध गरेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।