ललितपुर, ४ माघ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका थप कडाई गरिएको छ । ललितपुरमा आगामी माघ ७ गतेपछि खोपको पुरा मात्रा लगाएका व्यक्तिहरु मात्र गोष्ठि, सेमिनारमा उपस्थित हुने पाउने भएका हुन् ।
गोष्ठि, सेमिनार, समिक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी माघ ७ गते पश्चात खोपको पुरा मात्र लगाएका व्यक्तिहरु मात्र उपस्थित हुन प्रशासनले निर्देशन दिएको छ ।
यसअघि जारी सबै प्रकारका भेला, सभा, सम्मलेनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म कायम रहेको पनि जनाएको छ ।