Logo

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह



एजेन्सी, ५ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

उनले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको मंगलबार बताए । महासचिव गुटर्रेसले भने – सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।

केही दिनअघि नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उनले आग्रह गरेका छन् ।उनले यस्तो हिंसाबाट कुनै पनि किसीमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्