काठमाडौं, ५ माघ । सरकारलाई राजस्व नतिरी अमेरिका जान लागेका क्यासिनो सन्चालकले १४ करोडरुपैयाँको मंगलबार बैंक ज्ञारेन्टी बुझाएका छन् । क्यासिनो संचालकको कोतर्फबाट प्राइम बैंक जमानत बसेको हो ।
पर्यटन विभागको अनुसार काठमाडौंको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो संचालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको हो ।
क्यासिनो संचालकलाई माघ १ गते साँझ अध्यागमनबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्यारेन्टी जनवरी १८ देखि जुलाई १६ सम्म रहने बैंकले जनाएको छ ।