Logo

कर्मचारीमा संक्रमण देखिएपछि राहदानी विभागका अत्यावश्यक बाहेकका सेवा बन्द



काठमाडौं, ५ माघ । कोरोना संक्रमणदर उच्च बृद्धि भएपछि देशभरका सम्पुर्ण कार्यालयहरुलाई त्यसको असर परेको छ । यसैक्रममा राहदानी विभागले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिँदै केही सेवा कटौती गरेको जनाएको छ ।

विभागले आफ्नो कर्मचारीहरु कारोना संक्रमित भएको बताउँदै अतिआवश्यक बोहकका सेवा स्थगित हो । विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका सेवाहरु बन्द हुने पनि विभागको भनाई छ । विभागले जारी गरेको सुचनामा भनिएको छ, ‘विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ ।’

विदेशमा उपचारका लागि जाने र अति आवश्यक काम परेको अवस्थामा अनलाईन फारम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध दिन विभागको आग्रह छ ।

 



प्रतिक्रिया दिनुहोस्