काठमाडौं, माघ ६। कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो ।
विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका अनुसार थुनुवा भएका मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट हुनेछ । आरोपपत्र÷अभियोगपत्र दर्ता, आरोपपत्र÷अभियोगपत्र साथ उपस्थित गराइएका अभियुक्तको थुनछेक र म्याद थप पनि भर्चुअल माध्यमबाट नै हुनेछ ।
सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद तथा तारेख नगुज्रने बताइएको छ । विशेषले माघ १८ गतेसम्मका लागि सेवामा संकुचन ल्याएको हो ।
राजधानी दैनिकबाट