काठमाडौं, ७ माघ । सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ ।
आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ ।
त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् ।
काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने गरेको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम