Logo

यी हुन् जोर/बिजोर लागु नहुने सवारी साधन (सुचीसहित)



काठमाडौं, ७ माघ । सरकारले कोरोना भाइरसको बढ्दै गइरहेको संक्रमणदरलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाग्रेसहित) जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर प्रणालीमा सञ्चालन गर्न आदेश दिएको छ ।

जोर बिजोर प्रणाली लागु नहुने गरी सञ्चालन गर्न पाइने सवारी साधनहरुमा

  • औषधी एवं स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववहान
  • ग्यास, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालकमात्र)
  • खाद्यान्य, दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, अन्डा, माछामासु, पशुपक्षीका दाना एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी
  • साधन (चालक र सहचालकमात्र)
  • निर्माण सामाग्री बोक्ने सवारी साधन
  • परिचयपत्रको आधारमा–सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
  • बैंक/बिमा/बित्तिय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
  • सरकारी सवारी साधन
  • कुटनैतिक नियोगका सवारी साधन


प्रतिक्रिया दिनुहोस्