Logo

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई कोरोना सङ्क्रमण



स्लोभाकिया, ८ माघ: स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित भएका हुन् । त्यो दिन देशभरी गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित हुनुभएको पुष्टि भएको हो । उनले आफुलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पारेका छन् ।स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्