Logo

रमा सिहले कसलाई भनिन् ‘नपुंसक’ ?



काठमाडौं, ९ माघ । चर्चित पत्रकार रमा सिंहले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउन उकासिएको आरोप लगाएकी छिन् । उनले उकासेको भरमा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउन खोज्नेलाई नपुंसकको संज्ञा दिएकी छिन् ।

फेसबुकमा रमा सिंहले नेपाली माटो र नेपाली मनबाट हिन्दुराष्ट्र र राजसंस्था हटाएर देखाउन चुनौती दिइन् । उनले अरु पार्टीको विधानबाट पनि माओ, लेनिन र स्टालिनको बिल्ला हटाउन हिम्मत गर्न भनेकी छिन् ।

रमा सिंहले लेखेकी छिन्ः सक्छौ भने नेपाली माटो र नेपाली मनबाट हिन्दु रास्ट्र र राजसंस्था हटाएर देखाउ ?

सक्छौ भने अरू पार्टीका बिधानबाट पनि माओ, लेनिन, र स्टालिनको बिल्ला हटाउने हिम्मत गर ?
नाथे कथाले उकासेको भरमा एउटा पार्टीको बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन नपुंसक पुरूषार्थको धम्की …. ?
#निर्वाचनआयोग !



प्रतिक्रिया दिनुहोस्