क्वालालाम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरलाई उद्वत गर्दै अन्र्तराष्ट्रिय समाचारुमा उल्लेख छ । ९६ वर्षका महाथिरलाई पुनः अस्पताल भर्ना गरिएपछि प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री साब्री याकोबले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्व मानिन्छन् ।
उनले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गरेका छन् । दुई पटक गरी २४ वर्षसम्म प्रधानमन्त्री बनेका महाथिर मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ ।