काठमाडौं, ९ माघ । आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र विक्रिदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र विक्रिदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ८३ पैसा र विक्रिदर ९५ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।