Logo

जर्मनी जलसेनाका प्रमुखले दिए राजीनामा



एजेन्सी, ९ माघ। जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका छन् । उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थिए । उनले यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिएको जनाइएको छ ।

यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् । रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर, रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्