Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा अब रामेछापको फुलासीमा



काठमाडौं, ९ माघ । सनराइज बैंकले रामेछापको मन्थलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गरेका हुन् ।

यस शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा बैंकले वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।

बैंकले हाल १३९ वटा शाखा, ८४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्