काठमाडौं, ९ माघ । वैदेशिक रोजगारीमा धेरै कामदार कार्यरत देशबाट अबदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण हुने भएको छ । विदेशस्थित् नेपाली दूतावासबाट आगामी महिनादेखि इ–पासपोर्ट वितरण गर्ने तयारी राहदानी विभागले गरीरहेको छ । नेपालमा गत मंसिरदेखि विद्युतीय राहदानी वितरण कार्यको सुरुवात भएको थियो ।
नेपालमा इ–पासपोर्ट बनाउनका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएपनि विदेशमा रहेका नेपालीका लागि राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने गरि विभागले व्यवस्था मिलाउने भएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारसहित अन्य प्रयोजनका लागि विदेश पुगेका नेपालीहरूले आफ्नो राहदानीको वहाल अवधि १८ महिनाभन्दा कम भएमा नेपाली दूतावासहरूबाट राहदानी नवीकरण गराउन पाउने व्यवस्था छ ।