Logo

विधानबाट हिन्दूराष्ट्र र राजसंस्था हटाउन आयोगले दिएको निर्देशन पूर्वाग्रही भएको राप्रपाको ठहर



काठमाडौँ, ९ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज (आइतबार) बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।

पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले भनेको छ, ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्नुहुन भनि पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ ।’ राप्रपाले आयोगको पत्रलाई संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ ।

त्यस्तै गाई राप्रपाको झण्डामा र चुनाव चिन्हको रुपमा समेत प्रयोग भइ स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्