काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।-File Photo