Logo

व्यङ्ग्यात्मक उखानमार्फत राष्ट्रपतिको अपमान गरेको आरोपमा टर्कीकी पत्रकारलाई जेल सजाय



एजेन्सी, १० माघ। टर्कीको एक अदालतले शनिबार देशकी चर्चित पत्रकार सदफ काबासलाई देशका राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय सुनाएको छ। प्रहरीले काबासलाई स्थानीय समय अनुसार दिउँसो २ बजे हिरासतमा लिए र इस्तानबुलको मुख्य प्रहरी चौकीमा लगे। त्यहाँबाट, सदफलाई सहरको मुख्य अदालतमा लगिएको थियो।

अदालतले उनको पहिलेको गिरफ्तारीलाई उचित ठहर गर्दै जेल सजाय सुनाएको थियो। सदफमाथि एक व्यङ्ग्यात्मक उखान भनेर एर्दोगानको आलोचना गरेको आरोप छ।

पत्रकारले राष्ट्रपति एर्दोगानलाई गरिन् साढेसँग तुलना

काबासले एक सरकारविरोधी टेलिभिजन च्यानल टेली १ मा बोल्ने क्रममा भनेकी थिइन, ‘एउटा प्रख्यात भनाइ छ नि श्रीपेच जसलाई लगाइदिए पनि उसमा बुद्धी पलाउँछ भन्ने हाम्रो देशमा सही देखिएन’, काबासले अगाडि थप भनिन्, ‘दरबार पस्दैमा साढे राजा बन्दैन, बरु दरबार गोठमा बदलिन्छ।’ सदफले यो कुरापछि आफ्नो ट्विटरमा एकाउन्टमा पुन दोहोर्‍याइन् ।

सदफमाथि लागेको आरोपमा उनलाई एकदेखि चार वर्षसम्म कैद हुनसक्छ। एर्दोगानका मुख्य प्रवक्ता फहरेटिन अल्टुनले सदफको भनाइलाई ‘गैरजिम्मेवार’ भनेका छन् ।’एक तथाकथित पत्रकारले एउटा यस्तो टेलिभिजन च्यानलमा हाम्रा राष्ट्रपतिको अपमान गरिरहेकी छन् जसको घृणा फैलाउने बाहेक अरू कुनै उद्देश्य छैन’, एर्दोगानका प्रवक्ताले ट्विट गर्दै लेखेका छन्।

अदालतमा दिएको आफ्नो बयानमा सदफले राष्ट्रपतिको अपमान गर्ने कुनै नियत नभएको बताएकी छन् । टेली १ च्यानलका सम्पादक मर्दान यानार्डागले काबासको गिरफ्तारीको आलोचना गरेका छन्।’एक भनाइलाई लिएर दिउँसो २ बजे भएको सदफको गिरफ्तार अस्वीकार्य छ। यो कदम पत्रकार, मिडिया र समाजलाई डराउने प्रयास हो’, उनले भने।

 

‘राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका प्रख्यात महिला पत्रकार पक्राउ’



प्रतिक्रिया दिनुहोस्