Logo

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध बेल्जियममा व्यापक प्रदर्शन



एजेन्सी, १० माघ। बेल्जियममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सरकारी नियमविरुद्ध आइतबार ब्रिसेल्समा विशाल विरोध प्रदर्शन गरेका भएको हो ।ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई त्यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक रहेका जनाइएको छ । प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडपसमेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्