Logo

महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग गर्दै नबिल बैंक



काठमाडौं, ११ माघ । महिलामा उद्यमशिलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन कम्पनीको सम्झौता भएको छ । महिलामा उद्यमशिलता प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका त्रिपक्षीय सम्झौता भएको हो ।

सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो भन्दै महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्