Logo

मन्त्री यादवको अभिव्यक्तिलाई लिएर चरण प्रसाई र रेखा यादवबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ११ माघ । मानवअधिकारकर्मी चरण प्रसाईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौरमा दिएको अभिव्यक्ति गलत भएको भन्दै निन्दा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एक शब्दमा भन्नुपर्दा त्यो गलत हो, त्यो पदीय मर्यादाविपरित छ । गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति छ। त्यो हिंसा भड्काउनेखालको अभिव्यक्ति छ । र, त्यो घृणा फैलाउने किसिमको अभिव्यक्ति हो, उहाँले असल नागरिक छु भन्ने कुरा पनि बिर्सिनुभयो, सांसद छु भन्ने कुरा पनि बिर्सिनुभयो, मन्त्री पदको दुरुपयोग गर्नुभयो । उहाँले बोल्नुभएको कुरा हेरिसकेका छौं । हामीले हेरेर नै विज्ञप्ती जारी गरेको हो मन्त्रीजस्तो पदमा बसेको व्यक्तिले कसरी भन्न सक्नुभएको हो ? यो कुरा आम नागरिकले मूल्यांकन गर्छन् ।’

उता, जनता समाजवादी पार्टी, नेपालकी नेतृ रेखा यादवले भने मन्त्री यादवले हिंसा भड्काउनेगरि अभिव्यक्ति नदिएको भन्दै बचाउ गरिन् । उनले भनिन्,‘म वास्तविकता बताउनको लागि नै आज तपाईँको कार्यक्रममा आएकी हुँ । तपाईँले त्यहाँको माहोल हेर्नुभयो भने थाहा हुन्छ, उहाँले सिके राउतलाई हत्या गर्नसक्छु भनेर बोलेको होईन, त्यो आशय होईन् ।’



प्रतिक्रिया दिनुहोस्